झापामा इलामकी रितु फियाकसहित ४० लाख फिरौती माग गर्ने गिरोह पक्राउ

झापा, ८ साउनः झापाको विर्तामोडका एक व्यवसायीलाई अपहरण गरी ४० लाख रुपैयाँ फिरौती माग गर्दै आएको गिरोहलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको छ । बिर्तामोडमा फ्लाट भाडामा लिएर अपराधिक क्रियाकलाप गर्दै आएको गिरोहलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको हो ।
प्रहरीले बिर्तामोड–४ मा मोटर साइकलको रिकण्डिशन सञ्चालन गर्ने २९ वर्षीय मेराज खान, इलाम फाकफोकथुम गाउँपालिका – १ घर भई हाल बिर्तामोड–२ चारपाने बस्ने २० वर्षीया जया खान भनिने रितु फियाक, दार्जिलिङको खोरीबारी ठेगाना बताउने २७ वर्षी सञ्जु क्षेत्री भन्ने सुजन शंकर र बिर्तामोड–४ का २५ वर्षीय प्रकास दासलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी मोहनकुमार थापाले बताए । 
गत असार २८ गतेदेखि जया खान बताउने किशोरी इमो र मोवाइलबाट व्यवसायीसँग सम्पर्कमा पुगिन् । अपहरणमा पर्ने व्यसायीसँग जया खानले लगातार इमोबाट भिडियो कल गर्दै भेट्ने प्रस्ताव गरेको अनुशन्धानबाट खुलेको प्रहरीले जनाएको छ । किशोरीले व्यवसायीलाई साउन १ गते राती भेट्न बोलाएर साथीको कोठामा जाऔँ भन्दै ४ तले घर माथिको कोठामा पु¥याएको प्रहरीको भनाई छ । खानले कोठामा पु¥याएपछि अन्य ३ जना अपरिचित व्यक्ति कोठामा छिरेर व्यवसायीलाई सबै कपडा खोल्न लगाएर, कुटपिट गरी नाङ्गो भिडियो बनाएको र सो भिडियो सामाजिक सञ्जालमा हालिदिने भन्दै कुटपिट गरेपछि व्यवसायीले ४० लाख दिने सहमति गरेको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र श्रेष्ठले जनाए । सो गिरोहले ५० लाख रुपैयाँ माग गरेको थियो । फिरौती दिने सहमति भएपछि मात्र व्यवसायीलाई छोडेको 
प्रहरीले उनीहरुको साथबाट लागुऔषध पनि बरामद् गरेको छ । बा.१५च ७३३९ नम्बरको कार सहित प्रहरीले स्कुफ लेखिएको १०० मि.लि को शिलप्याक ३ बोतल, प्रोप्रानोल १ पत्ता, निट्रोशन १ पत्ता, कालो बोतल १ थान बरामद् गरेको हो । अपरहरण गरी फिरौति माग गर्नेलाई शरिर बन्धक बनाई आर्थिक लाभ उधोग गरेको तथा लागु औषध कारोवारीमा मुद्दा दर्ता गरी झापा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दिनेश मैनालीले बताए । घटनामा संलग्नहरुलाई लागु औषध र बन्दक दुबै गरेर १७ वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको छ । 
अपहरणको घटनामा संलग्न सञ्जु क्षेत्री भन्ने सुजन शंकर फरार अभियुक्त रहेको खुलासा भएको छ । ०७४ सालमा २ जना महिलालाई जवरजस्ती यौनधन्दामा लगाएकोले मानव बेचविखन तथा ओसारपसार मुद्दामा उनलाई जिल्ला अदालत झापाले १० वर्ष कैद सुनाएको थियो । शंकर अहिलेसम्म फरार थिए । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता