फेरि भारी वर्षाको सम्भावना, देशको मध्य र पश्चिममा निकै सावधान रहन आग्रह

काठमाडौं । मनसुन सक्रिय भएदेखि देशभरको मौसम प्रतिकुल बनेको छ । अबिरल वर्षाका कारण असार २६, २७ र २८ गते ठुलो जनधनको क्षति भएको थियो ।
हाल वर्षाको क्रम एवं भारी वर्षाको सम्भावना जारी रहेको मौसमविद्ले जनाएका छन् । मौसम पूवार्ननुमान महाशाखाका अनुसार देशका पूर्व तथा मध्यका थोरै स्थानहरुमा साथै पश्चिमका एक दुई स्थानमा आगामी २४ घण्टा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाकाले जनाए अनुसार आज इलाम, झापा, मोरङ्ग, सुनसरी, चितवन, पर्सालगायत आसपासका जिल्लामा मध्यमदेखि भारी वर्षा भइरहेको छ । सो क्षेत्रका नदीमा आकस्मिक वहाव आउन सक्ने भएकोले तटीय क्षेत्रका बासीन्दालाई सतर्कता अपनाउँन समेत महाशाखाले आग्रह गरेको छ ।
मनसुन न्यून चापिय रेखा नेपालको दक्षिणतिर अवस्थित भए पनि बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावको कारण केहि स्थानहरुमा समान्यदेखि मध्यम खालको एवं देशको पुर्व र मध्यका थोरै स्थानमा साथै पश्चिमका एक दुई स्थानहरुमा भारि वर्षाको सम्भावना रहेको छ त्यसले गर्दा ती क्षेत्रका पहाडी भूभागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत हल्का बढ्न सक्ने भएकोले सतर्कता अपनाउन समेत पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast): 

 श्रावण ७ गते (मंगलबार)

दिउँसो: देशको पुर्वी र मध्य भु-भागमा पुर्ण बदली साथै पश्चिमी भु-भागमा सामान्य वदली रहि पुर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केहि स्थानहरुमा मेग गर्जनका साथ  वर्षा हुनेछ। देशको पुर्व र मध्यका केहि स्थानमा साथै पश्चिमका थोरै स्थानहरुमा  भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ । 

 राती: देशको पुर्वी र मध्य -भागमा सामान्य बदलि देखि पुर्ण बदली साथै पश्चिमी भु-भागमा सामान्य वदली रहि पुर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केहि स्थानहरुमा मेग गर्जनका साथ वर्षा हुनेछ। देशको पुर्व र मध्यका केहि स्थानमा साथै पश्चिमका थोरै स्थानहरुमा  भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ । पुर्व र मध्यका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।

श्रावण ८ गते (बुधबार)
दिउँसो: देशभर सामान्य देखि पुर्ण बदली रहि अधिकांश स्थानहरुमा वर्षा हुनेछ। देशका केहि स्थानहरुमा  भारि वर्षा (Heavy rainfall) साथै एक दुई स्थानमा अति भारी वर्षाको  हुने सम्भावना छ ।
 राती: देशभर सामान्य बदलि देखि पुर्ण बदली रहि अधिकांश स्थानहरुमा वर्षा हुनेछ | देशका केहि स्थानहरुमा  भारि वर्षा (Heavy rainfall) साथै एक दुई स्थानमा अति भारी वर्षाको  हुने सम्भावना छ ।

श्रावण ९  गते (बिहिबार )
दिउँसो: देशको पश्चिम तथा मध्य भूभागहरुमा सामान्य देखि पुर्ण बदली र पूर्वी भूभागमा सामान्य बदली रही देशका पश्चिम तथा मध्यका अधिकांश स्थानहरुमा र पूर्वी भूभागको केहि स्थानहरुमा मेग गर्जनका साथ वर्षाको  सम्भावना छ । देशको पश्चिम तथा मध्यका थोरै स्थानहरुमा र  पूर्वीका १/२  स्थानहरुमा भारीको सम्भावन रहेको छ ।
राती: देशभर सामान्य देखि पुर्ण बदली रहि अधिकांश स्थानहरुमा मेग गर्जनका साथ वर्षा हुनेछ | देशका थोरै स्थानहरुमा  भारि वर्षा (Heavy rainfall) साथै एक दुई स्थानमा अति भारी वर्षाको  हुने सम्भावना छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता