इलाम नगरपालिका ४ मा नेकपाको भेला र प्रशिक्षण सम्पन्न


इलाम, ६ साउनः  इलाम नगरपालिका वडा नं. ४ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कमिटीको आयोजनामा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आज सम्पन्न भयो । 
पार्टी वडा कमिटी अध्यक्ष महानन्द ओझाको अध्यक्षता र जिल्ला कमिटी कार्यालय सदस्य एवं इलाम नगरपालिकाको प्रमुख महेश बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि बस्नेत, जिल्ला सचिवालय सदस्य एवं कार्यालय सचिव नवराज शंकर तथा जिल्ला सचिवालय सदस्य एवं इलाम नगर कमिटी अध्यक्ष छविलाल आचार्य (प्रवास) ले प्रशिक्षणात्मक मन्तव्य राख्नभएको थियो । 
कार्यक्रममा समसामयिक राजनीतिक परिस्थिति, संघ, प्रदेश र स्थानीय सरकारले गरेका जनमुखी कामहरु, पार्टी र सरकार बीचको कामको समन्वय, स्थानीयस्तरका योजना तथा समन्वयहरु लगायतको बिषयहरुमा छलफल भएको थियो । 
कार्यकता भेला तथा प्रशिक्षणमा नगर कमिटी सचिव नरेन्द्र खड्का, कार्यालय सदस्य तिलक ठकुरी, सचिवालय सदस्य ज्ञानु दाहाल, इलाम नगर कार्यपालिका सदस्य श्यामकमल मुखिया लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता