आजबाट श्री कृष्ण प्रणामी धर्मावलम्बीहरुको एक महिने पर्व शुरु


  • बिमल अधिकारी

इलाम, ६ साउनः आज श्रावण कृष्ण पन्चमी आजबाट श्री कृष्ण प्रणामी धर्मावलम्बीहरुले एक पर्बका रुपमा श्रीमद बितक कथाको चर्चा सुन्ने र सुनाउने क्रम शुरु भएको छ। 
यस धर्मको इतिहास र प्रमाण अनुसार यस धर्मका सस्थापक धर्मगुरु श्री प्राणनाथ जि महाप्रभु धामगमन हुनुभएको शोक सम्झनामा प्रत्येक बर्षको श्रावण कृष्ण तृतीया बाट उपबास बस्ने र आज श्रावण कृष्ण पन्चमी बाट आरती सहित यस धर्मका विभिन्न मन्दिर, सस्था, गाउँ तथा घरघरमा विभिन्न धर्मगुरु हरु बाट एक महिना भरी भजन किर्तनका साथ बितक चर्चा गर्ने गरिन्छ।
यस धर्मको इतिहास ,उत्पती र आचरणका बारेमा उल्लेख गरिएको ग्रन्थ श्रीमद बितकको चर्चा परिचर्चा भाद्र कृष्ण जन्म अष्ठमि का दिन श्री कृष्णजिको जन्मोत्सव मनाउदै बिधिवत रुपमा समापन हुने गरेको छ। यता इलाममा भने फिक्कल, आरुबोटे, मेहेलबोटे, ओख्रे लगायतका मन्दिरमा बितक लाग्दै आएको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता