वडा कार्यालयमा बम विस्फोट, विप्लव समूह संलग्न रहेको अनुमान


नुवाकोट । नुवाकोटमा अज्ञात समूहले बम विस्फोट तथा आगजनी गरेका छन् । गएराति नुवाकोटको ककनी गाउँपालिका–१ को वडा कार्यालयमा अज्ञात समूहले बम विस्फोट गराएका हुन् ।
विस्फोटबाट वडा कार्यालयका महत्त्वपूर्ण उपकरण तथा कागजपत्र जलेको जिल्ला प्रहरी कार्यलयाले जनाएकाे छ । प्रहरीकाे अनुसार कागजपत्र, कम्प्युटरलगायतका महत्त्वपूर्ण सामग्री जलेको छ ।
बम विस्फोटमा विप्लव समूह संलग्न रहेको अनुमान गरिएको छ । तर कसैले पनि घटनाको जिम्मा लिएको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता