नाेबेल अस्पतालको लापरवाहीले बिरामीको ज्यान गएपछि स्थानीयले गराए दुहबी बजार बन्द

इनरुवा । घुँडाको अप्रेसन गर्ने क्रममा ज्यान गुमाएका अनिल कुमार साहका आफन्तसहित स्थानीयबासीले दुहवी बजार बन्द गराएका छन् ।
नोबेल अस्पतालको लापरवाहीका कारण बिरामीको ज्यान गएको भन्दै स्थानीयहरुले दुहवी बजार बन्द गराएका हुन् । बन्दका कारण बजार तथा पसल खुलेका छैनन् । यातायातका सवारी साधन समेत ठप्प पारिएको छ ।
बिहीबार उपचारका लागि अस्पताल भर्ना भएका साहलाई नोबेल अस्पतालले आइतबार मृत घोषणा गरेको थियो ।
मृत्युबारे अस्पतालले ढिला जानकारी दिएको बताउने पीडित पक्षले घुँडाको अप्रेसन गर्ने क्रममा बिरामीको ज्यान जानुलाई चिकित्सकको चरम लापरवाहीको आरोप लगाएका छन् ।
अस्पतालले भने हर्टअट्याक भई बिरामीको ज्यान भएको बताउँदै आएको छ । अघिल्लो दिन अस्पताल परिषरमा दुहवीबासीले दोषी उपर कार्वाहीको माग गर्दै प्रर्दशन गरेका थिए । सहमतिका लागि भएको प्रयास निष्कर्शमा नपुगेपछि दुहवीबासी आज विहानैबाट आन्दोलनमा उत्रिएका हुन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता