श्री वैदिक सनातन धर्म संरक्षण समिति इलाममा, घिमिरेद्वय निर्वाचित

इलाम, ६ साउनः श्री वैदिक सनातन धर्म संरक्षण अभियान अन्तरगतको प्रथम जिल्ला भेला इलाममा सम्पन्न भएको छ। इलाममा वैद्विक सनातन धर्मालम्बीको बृहत भेलाको आयोजना भएको हो ।
इलाम तथा झापा जिल्लाका विद्वान गुरुहरु एवं समाजका धार्मिक ब्याक्तित्व विभिन्न धार्मिक संघसंस्था प्रतिनिधिहरुको भेलामा उल्लेख्य सहभागिता रहेको थियो । 
कार्यक्रमका प्रमुख अतिथी श्रीवैदिक सनातन धर्म संरक्षण समितिका केन्द्रिय अध्यक्ष आचार्य पण्डित लक्ष्मीप्रसाद खतिवडाले सनातन हिन्दु धर्म बिभिन्न कारणले अतिक्रमणमा परेको बताउनुभयो । उहाँकाले सनतन धर्मानुरागीलाई बिभिन्न प्रलोभनमा पारेर हिन्दु धर्मलाई अतिक्रमण गर्ने काम भएको आरोप बताउनु भएको हो ।
आचार्य पण्डित खतिवडाले वैदिक परम्पराहरुको बिषयमा इलाम विद्वानहरुको खानी रहेकोमा जोड दिँदै नियम, आचरण, मर्यादा, संस्कार र संस्कृतीका साथै धर्मको सिद्धान्तलाई हेरेर वर्तमानलाई सच्याउदै भविष्यलाई सोच्नुपर्ने बताउनुभयो ।
श्रीवैदिक सनातन धर्म संरक्षण समितिका केन्द्रिय महासचिव आचार्य पण्डित शंकर प्रसाद अधिकारीले हिन्दु परंम्परा र संस्कृति जोगाउन सम्पूर्ण विद्वानहरु एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले सबै मानव मात्रको ध्यान सनातन धर्म र आस्थामा अडिएको स्पष्ट पार्दै यो बुझाउन जरुरी रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा पण्डित चिन्तामणी गौतम, पण्डित चेतनाथ निरौला लगायतले सनातन धर्ममा देखिएका चुनौतीको बारेमा धारणा राख्नु भएको थियो ।
हरिकृष्ण घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य पण्डित मोहन प्रसाद पौडेलले गर्नुभएको थियो ।
यसैबिच भेलाले श्रीवैदिक सनातन धर्म संरक्षण जिल्ला कार्यसमिति एवं धर्म निर्णायक समिति गठन गरेको छ । कृष्ण प्रसाद घिमिरेको संयोजकत्वमा १३ सदस्यीय ईलाम जिल्ला कार्यसमिति गठन भएको हो । कार्यसमितिका पदाधिकारीहरुमा उपाध्यक्षमा वेद प्रकाश पौडेल, पण्डित बिष्णु प्रसाद, महासचिवमा कृष्ण प्रसाद भट्टराई, सचिवमा नरेन्द्र प्रसाद पौडेल र कोषाध्यक्षमा मोहनप्रसाद पौडेल चयन हुनुभएको हो ।
त्यस्तै दिवाकर घिमिरेको संयोजकत्वमा विविध विषयमा शास्त्र सम्मत निर्णय गर्नसक्ने ११ सदस्यीय धर्म निर्णायक समिति समेत चयन गरेको छ । सदस्यहरुमा चेतनाथ निरौला, हरिकृष्ण घिमिरे, चिन्तामणि गौतम, टिका प्रसाद घिमिरे, लक्ष्मीप्रसाद दुलाल, खड्ग नारायण निरौला, यादव प्रसाद दाहाल,उपेन्द्र पोख्रेल, लक्ष्मीप्रसाद खतिवडा, खगेन्द्र सुवेदी चयन हुनु भएको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता