माईजोगमाई गाँउपालिकाकी मुटुरोगी तारा कुमारी लिम्बूलाई प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसियाको सहयोग

इलाम, ६ साउनः माईजोगमाई गाउँपालिका ५ साबिक सोयाङ्ग ४ बस्ने नर बहादुर थलङकी श्रीमती तारा कुमारी लिम्बू  विगत केहि महिना देखि मुटु सम्बन्धि बिरामी भई झापाको बिर्तामोड स्थित बिएण्डसी अस्पतालमा चेकजाँच गराउदा मुटुको देब्रे  पट्टीको भल्भ तत्काल फेर्नु पर्ने भनी सम्बन्धित मुटु रोग बिशेषज्ञ डाक्टरले सल्लाह दिए र उपचार सम्भब भए पनि निजको घरको आर्थिक अवस्था एकदमै कम्जोर भएकाले पीडित परिवारले माईजोगमाई गाउँपालिकामा सहयोग अपिल गर्दै निवेदन दिए पछि माईजोगमाई गाउँपालिका वडा न ५ साबिक सोयाङ्ग ४ ले पीडित परिवारलाई सहयोग गरिदिनु हुन भनी सिफारिस गरिदिएको थियो  । 
यसरी नै  बिदेशी भुमि तथा आफ्नो जन्मभुमी घरपरिवार आफ्नत बाट टाढा प्रदेशमा दुख गर्दै आफ्नो दैनिक खाना खाजाको केहि अंश कटाएर आफ्नो गाउँठाउँमा यसरी आर्थिक अभावले छट्पटी रहेका पीडित ब्यक्ति तथा परिवारलाई बिगत देखी नै मलम पट्टिको काम गर्दै आएको प्रवासी इलामेली जनसम्पर्क मन्ज मलेसिया परिवारले यस पटक पनि पीडित तारा कुमारीको स्वास्थ उपचार होस भन्दै पीडित परिवारलाई केहि सान्त्वना मिलोस भन्दै प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसिया परिवारले रु वीसहजार रुपैया  सहयोग रकम माईजोगमाई गाउँपालिका  ५ साबिक सोयाङ्ग ४ का वडा सदस्य समेत रहनु भएका मन बहादुर बेघा मार्फत स्वयंम बिरामी तारा कुमारी लिम्बुलाई सहयोग हस्तान्तरण गरेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता