मुख्यमन्त्री प्रदेश लिगः तप्लेजुङ्गको पोष्टमा झापाको सात गोल, इलाम र पाँचथर बराबर

इलाम, २० असारः देशभरी सञ्चालन भई रहेको मुख्यमन्त्री प्रदेश लिग फुटबल प्रतियोगिता २०७६ अन्तरगत १ नं. प्रदेशको समूह ‘ग’को खेल इलाममा  भईरहेको छ । बिहीबार भएको पहिलो खेलमा शैनिक युथ क्लब झापाले प्रगतिशिल युवा क्लब तप्लेजुङ्गलाई २ गोलका विरुद्ध ७ गोल गरेको छ झापा जीत सँगै दुईखेल जीतेर ६ अंक सहित शिर्ष स्थानमा रहेको छ ।  बिहीबार नै भएको दोस्रो खेलमा रेड हर्स फुटबल क्लब इलाम र सयपत्री युवा क्लब पाँचथर बराबर खेलेका छन्् । निधारित समयमा दुवै टीमले १÷१ गोल गरेपछि इलाम र पाँचथरले १÷१ अंक बाँडेका हुन । 
आज आज एकखेल मात्र  सयपत्री युवा क्लब पाँचथर र प्रगतिशिल युवा क्लब ताप्लेजुङ्ग विच हुने छ । 
इलाममा भई रहेको खेल १ नं. प्रदेशको समूह ‘ग’ को खेल हो समूह क को खेल उदयपुरमा र समूह ख को खेल धरानमा भई रहेको छ । १ नं. प्रदेशका समूह विजविजेता र उपविजेता विच यहि २६ गते विराटनगरमा खेल हुने छ । विराटनगरमा भएको विजेता र उपविजेत विचको प्रतियोगीताको विजेतालाई राष्ट्रिय लिगमा सहभागि गराइने छ । यो प्रतियोगिताले  खेलाडीहरुको उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वश गरेको  १ नं. प्रदेश प्रतियोगिताका उपाध्यक्ष निरोज खड्गी वताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता