
विराटनगर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका धनकुटा मोरङ सेक्रेटरी दीपक राई पक्राउ परेका छन् । मोरङको केराबारी गाउँपालिका–३ घर भएका ४५ वर्षीय राईलाई बिहीबार प्रहरीको विशेष टोलीले उनकै गाउँबाट पक्राउ गरेको हो ।
केराबारीको एउटा घरमा सेल्टर लिई बसेको अवस्थामा बिहीबार बिहान राईलार्य पक्राउ गरेको प्रहरीले जनाएको छ । ‘विप्लव’ नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध लगाएपछि उनी भूमिगत थिए ।
बम विष्फोट, चन्दा आतंक, हतियार संकलनलगायतका धेरै घटनामा राईको संलग्नता देखिएका कारण अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ ।