गुल्मीमा पहिरोमा परेर मृत्यु हुनेको संख्या १३ पुग्याे

काठमाडाैँ । गुल्मीमा पहिरोमा परेर मृत्यु हुनेको संख्या १३ पुगेको छ । गुल्मीको सत्यवती गाउँपालिकाका दुई स्थानमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुगेको हो ।
मंगलबार ९ जनाको शव भेटिएकोमा बुधबार थप ३ जनाको शव फेला परेको थियो । त्यस्तै लिम्घामा डेढ वर्षीय बालक सञ्जु विकको शव बुधबार राति फेला परेसँगै मृतकको संख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानाकारी दिए ।
बुधबार ठुलो लुम्पेकमा पहिरोमा बेपत्ता भएका माया बिक र उनका छोरा बबी बिकको शव फेला परेको थियो ।
लिम्घामा मंगलबार निर्मला बिक, पम्फा बिक, अञ्जली बिक, हिमांशु बिक, छली बिक र सिवानी बिक तथा ठूलो लुम्पेकमा तिलकुमारी र छोरा दर्शन तरामु मगर तथा दुर्गाबहादुर सिञ्जारलीको शव फेला परेको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता