इलाम सन्दकपुरका वाढी पहिरो पिडितलाई राहात वितरण


इलाम, १२ साउनः इलाम सन्दकपुर गाउँपालिका वडा नं.५ गैरी गाँउ स्थितमा बाढी पहिरोको क्षेतिको अनुगमन तथा राहात बितरण गरिएको छ ।  इलाम  जिल्लाका  प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद्‍ व्यवस्थापन समितिका अध्यक्ष श्रवण कुमार तिमल्सिनाको अध्यक्षता तथा सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राई, जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक हिरा पाण्डे,  शसस्त्र प्रहरी उपरीक्षक र रेडक्रसका प्रतिनिधी लगायतको टोलिले बिस्थापित  १२ घर परीवारलाई जिल्ला प्रशासन कार्यालय इलामबाट जनही रु, ५ हजारका दरले तथा रेडक्रस इलामबाट १२ थान पाल, कपडा, भाडा वर्तन,बाल्टी, डोरी वितरण गरेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता