तिम्बुङलाई हिन्दुकृत गर्न बनाइएको संरचना हटाउन १८ संस्थाकाे चेतावनी

पान्थर– पान्थर र ताप्लेजुङको सिमा क्षेत्रमा रहेको तिम्बुङ पोखरीको प्राकृतिक सुन्दरता नष्ट हुनेगरी विष्णु मन्दिर निर्माण गरी विष्णु पोखरी नामाकरण गर्न खोजिएको भन्दै १८ वटा संस्थाहरुले संयुक्त विज्ञप्ती जारी गरी सरकारको सो कदमप्रति आपत्ति जनाएका छन् ।
लिम्बू समुदायको आस्थाको केन्द्र तिम्बुङ पोखरीमा विष्णु मन्दिर बनाएर लिम्बूहरुको धार्मिक सांस्कृतिक धरोहरमाथि अतिक्रमण र प्रहार गरिएको भन्दै उक्त संरचना हटाउन माग गरेका छन् ।
लिम्बू जन्य जातीय संस्थाका साथै किरात राई यायोक्खा सहितका संस्थाहरुले शनिबार पत्रकार सम्मेलन गरी तिम्बुङ पोखरी अतिक्रमणप्रति आपत्ति जनाएका हुन् ।
उक्त पोखरी किनारको मन्दिर पर्यटन मन्त्रालय ५० लाख र सिदिङमा गाउँपालिकाको ५ लाख गरी ५५ लाख रुपैयाँमा बनिरहेको बताइएको छ ।
उक्त संरचना हटाउन गरिएको आग्रहलाई बेवास्था गरिए सोबाट उत्पन्न हुने परिस्थितिको जिम्मा मन्दिर निर्माण पक्षले नै लिनुपर्ने चेतावनी दिइएको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता