इलामको सुकिलुम्बा निर्माणाधिन फाल्गुनन्द विमानस्थल नबनिदाँ गाउँलेको निन्द्रा हराउँदै

इलाम, २ भाद्रः  इलाम नगरपालिका ९ सुकिलुम्बामा निर्माणाधिन फाल्गुनन्द विमानस्थल निर्माण कार्यमा ढिलाई हुदाँ यस वर्षपनि स्थानीयले ढुक्कले निदाउन पाएनन् । निर्माणाधिन विमानस्थलको तल्लो भागका बासिन्दा वर्षेनी विपत्तिको त्रासमा दिन काटिरहेका छन् । पानी पर्न शुरु गरेपछि केउरेनी गाउँकी रनमाया तामाङको मनमा विपत्तिको त्रास जन्मन्छ । घर माथिको पहाड बगेर घरबास उडाउने चिन्ताले सताउँछन् । इलाममा विमानस्थल निर्माण सुरु भएको आठ वर्ष बितिसकेको छ । तर पनि विमानस्थल निर्माणको काम अझै सकिएको छैन । तामाङका जस्तै समस्या भोगिरहेका छन् विमानस्थल निर्माणस्थल मुनिका दर्जनौ परिवारहरु पनि । निर्माणाधिन विमानस्थल मुनि दुई रोपनी जमिन भएका लालबहादुर तामाङलाई पनि घरैबाट जहाज उडेको हेर्ने रहर थियो । तर उनको रहर अहिले सम्म आसलाग्दो बन्न सकेको छैन । बर्षेनि करोडौँ बजेट आएपनि इलाम नगरपालिका–९ सुकिलुम्बामा निर्माणाधीन फाल्गुनन्द विमानस्थलको कामका लागी प्रयाप्त वजेट नभएको कारण देखाउँदै काम हुन नसकेको हो ।
चुनावि एजेन्डा मात्र बन्यो 
इलाम सदरमुकामवाट पाँच किलोमिटर दक्षिणमा रहेको सुकिलुम्बामा विमानस्थल बनाउन लामो समयसम्मको जग्गा व्यवस्थापनको प्रयास भएको थियो । जग्गा खालि गरेपछि आठ वर्ष अघि काम थालियो । चाहिए जति बजेट नआउदा सबै काम अलपत्र परेको छ । जिल्लाले देश हाँक्न सक्ने नेता त पायो तर विमानस्थल सम्पन्न हुन सकेन । हरेक वर्ष नेताले भने यस विमानस्थललाई चुनावि एजेन्डा मात्र बनाउने गरेको स्थानीय तारा एक्तेन बताउछन । इलाम नगरपालिका ७ का केशव खनाल र प्रकास चाँपाँगाई पनि नेताले पटक पटक चुनावको भोट माग्नकै लागि मात्र विमानस्थल बनाउछौ भन्ने गरेको बताउछन ।
काममा तिब्रता हुन सकेन
विमानस्थल निर्माणले मेचीका पहाडी जिल्ला र सीमापारी भारतको दार्जिलिङ र सिक्किमकासमेत बासिन्दाकालागि सहज हुने ठानिएको छ । बिमानस्थलको कच्ची धावनमार्ग निर्माण गरिएको छ ।  विमानस्थलको भल व्यवस्थापनको लागि विमानस्थलबाट माइखोला सम्म नाली निर्माणको काम पनि सम्पन्न भई सकेको छ । चालु आर्थिक वर्षमा पनि काम भइरहेको छ । विमानस्थलमा अहिले सम्म १७ करोड भन्दा बढि खर्च भएपनि कामले गती नपाएपछि स्थानीय निराश भएका हुन । एमाले नेता झलनाथ खनाल प्रधानमन्त्री हँुदा सिलान्यास गरेको फाल्गुनन्द सुकिलुम्बा विमान स्थलमा नेताहरुको चासो पछिल्लो समयमा घटेको स्गानीय बताउछन । 
गत ०७५ जेठमा एयरपोर्टमा फ्लाईट टेस्ट ल्याण्डीङ गरिसकेको भएपनि काममा तिब्रता हुन सकेन ।  १८ यात्रु अटाउने ट्वीनअटर जहाज चल्ने विमानस्थलका लागि आवश्यक तीन सय २६ रोपनी जग्गा जिल्लास्थित सरोकारवाला निकाय र व्यक्तिवाट दुई करोड २६ लाख रकम संकलनगरी स्थानियबाट अधिग्रहण गरिएको थियो । ६० मिटर चौडा र सात सय ३४ मिटर लम्वाई भएको कच्ची धावनमार्ग निर्माण भइरहेको छ । स्थानीय शान्ता बस्नेत भन्छिन बारम्बार विमानस्थलका लागि बजेट विनियोजन गरिन्छ तर सम्पन्न हुन नसक्नु इलाम बासीको लागी दुखको कुरा भन्दै अहिले सम्म केकति काम भएको छ यसमा पनि छानविन हुनुपर्ने भनाई छ । 
विमान स्थलको काम समयमा पुराभए स्थानीयहरुले सहजरुपमा अवतजावत गर्न पाउने थिए । जसरी भएपनि सरकारले पहल गरेर पर्यप्त वजेट छुट्टियाएर विमानस्थलको काम पुरागरे स्थानीयलाई सहजहुने थियो । विमानस्थल सञ्चालनमा ल्याउन टमिर्नल टावरका लागि भवन निर्माण, धावन मार्ग कालोपत्रे,  विमान पाकिर्ङ र कार पार्किङग, भञ्ज्याङगदेखि विमानस्थलसम्मको सडक र नाली निर्माण गर्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । ती कुनै पनि काम अघि बड्न सकेको छैन ।
सन्दकपुर अनलाईनबाट साभार गरिएको
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता