चेन्जिङ नेपालले बिराटनगरमा ल्यायो आधुनिक घरेलु मेसिन

विराटनगर: चेन्जिङ नेपालले बिराटनगरमा आधुनिक घरेलु मेसिन भित्राएको छ । आईतवार एक कार्यक्रमको आयोजना गरि चेन्जिङ् नेपालले आफ्ना ब्रान्ड सार्वजनिक समेत गरेको छ ।

विराटनगर महानगर उपमेयर ईन्दिरा कार्कीले मुनालपथमा रहृेको कार्यालयको उद्घाटन गरेकी छन् । स्वरोजगार बनाउने अभियानका साथ युवाहरूले ल्याएको अधुनिक घरेलु सामानले समाजमा स्वरोजगार स्थापित हुने बिस्वास ब्यक्त गरिन । यस्तै चेन्जिङ् नेपालका केन्द्रीय कम्पनी प्रमुख विकास निरौलाले दुना टपरी बनाउने मेसिन देखि अगरबत्ती,आलुचिप्स लगायतका सामान बनाउन मिल्ने मेसिन एकै ठाउँ पाईने बताए ।

कम्पनीले फुड मेसिनरी ,पेपरवेस,टिसर्ट प्रिन्ट ,काटिकिल्ला लगायतका आधुनिक घरेलुु मेसिन ल्याएको कार्यक्रममा जानकारी दिईयो । यी मेसिनको प्रयोग गरि सामान्य मानिसले समेत रोजगार उन्मुख हुनेछन् । कार्यक्रममा विराटनगर ब्रान्चका राजन निरौला,काठमाडौ केन्द्रका मेनेजर मुकुन्द दाहाल,विजनेस अफिसर पवन आचार्य लगायतका व्याक्तिहरूको सहभागीता रहेको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता