इलाममा लैगिंक हिंसा नियन्त्रण सञ्जाल समिति इलामका पदाधिकारीहरु बिच अन्तरक्रिया

इलाम, १ भदौँः जिल्ला प्रहरी कार्यालय इलामको सभाहलमा लैगिंक हिंसा नियन्त्रण सञ्जाल समिति इलामका पदाधिकारीहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन तथा कार्य सञ्चालन विधि “२०७५” मा व्यवस्था भए बमोजिम जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक हिरा बहादुर पाण्डेको अध्यक्षता र जिल्ला समन्वय समिति इलामका उपाध्यक्ष चित्रकला बराईलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा इलाम नगरपालिकाका उप-प्रमुख सुशिला नेम्वाङ लगायत लैगिंक हिंसा नियन्त्रण सञ्जाल समिति इलामका पदाधिकारीहरुको उपस्थित रहेको थियो ।कार्यक्रममा जिल्ला स्तरिय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समितिको क्रियाकलापको समिक्षा र समिति पुनर गठन र बार्षिक कार्ययोजना सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता