झापाकी मृगौला पिडीत मनिषाको उपचारका लागि रकम अभाव, परिवारद्वार सहयोगको अपिल

सहयोग गर्न एक्सेलको खाता नम्बर ००६०१०००१०१८४००००००१ मा रकम जम्मा गर्न सकिने

इलाम, १ भदौँः  दुवै मृगौला फेल भएर मृत्युसँग जुधिरहेकी झापा बुद्धशान्ति–४ की २० वर्षीया मनिषा ग्याङमी मगरको उपचारका लागि रकमको अभाव भए पछि  आर्थिक सहयोग जुट्न थालेको छ । उनलाई विभिन्न सहयोगी व्यक्ति तथा संस्थाबाट रकम प्रदान हुन थालेको छ । हाल सम्म उनको उपचारका लागि एक लाख ६३ हजार ४ सय ८७ रुपैंया संकलन भएको मनिषा मगरको जीवन बचाउ अभियान समितिका संयोजक राजेन्द्रकुमार राईले बताएका छन् । अभियान समितिका संयोजक राईले मनिषाको अवस्था चिन्ताजनक भएकाले उनको जिवन रक्षाका निम्ति सबैलाई यथासक्य आर्थिक सहयोग गरेर उनको जिवन रक्षा गरिदिन अनुरोध गरेका छन् ।
विराटनगरको नोवेल मेडिकल कलेजमा उपचाररत् मनिषाको दुवै मृगौला खराव भएपछि डाक्टरले तत्काल मृगौला प्रत्यारोपण गर्नुपर्ने बताएपछि उनको जिवन रक्षाका लागि स्थानीय वुद्धिजिवीको उपस्थितिमा एक समिति गठन गरिएको छ । राजेन्द्रकुमार राईको संयोजकत्वमा रहेको सो समितिको उपसंयोजक गंगाबहादुर सुनुवार, सचिव नरेन्द्र काङवाङ, सहसचिव भक्तबहादुर राणा मगर र कोषाध्यक्ष सीता मगर रहेका छन् । सो समितिको सदस्यहरुमा गोपाल लुङगेली मगर, कृष्ण थेवे, नेत्र सिग्देल, प्रकाश घिसिङ, रोहन कुरुङ्बो, सृजना मगर, रेनुका मगर, नेत्रि लिम्बु, रमिता दुमी, रिता कुरुङ्वो, लालबहादुर मगर, इसाक मागो, अजय साम्सुहाङ, कमला सिवा, तारा रसाईली, कमली दर्जी, मिनु गुरुङ, आषिश लिम्बु, विनोद राई, मणिकुमार राई लगायत रहेका छन् । यसैविच बुद्धशान्ति १ का करण शेर्पाले मनिषाको उपचार सहयोगार्थ १० हजार रुपैंया प्रदान गरेको संयोजक राईले जानकारी दिएका छन् ।
संयोजक राईले सहयोग रकम संकलनका लागि एक्सेल डेभलपमेन्ट बैंक बुधबारेको मा बैंक खाता खोलिएको जानकारी दिएका छन् । उनले सो खाता नम्बर ००६०१०००१०१८४००००००१ मा रकम जम्मा गरिदिन सबैमा अनुरोध गरेका छन् । साथै थप आप्mनो मोवाईल नम्बर ९८४२७७३०३४ मा विरामीबारे तथा थप जानकारी आवश्यक परे सम्पर्क गर्न पनि अनुरोध गरेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता