यस्ता छन् स्तनपान गराउँदा आमाले ध्यान दिनुपर्ने कुराहरु

साउन १७, काठमाडौ । नवजात शिशुमा रोग प्रतिरोधात्मक शक्ति ज्यादै न्युन हुने पोषण विद्धहरु बताउँछन् । आमाको दुधमा ल्याक्टोफोर्मिन, कार्बोहाइड्रेट, मिनरल्स, हर्मोन्स, एन्टिबायोटिक्स तथा लिम्फोसाइट्स पाइन्छ जसले बच्चामा रोग प्रतिरोधक क्षमता बढाउने पोषण विद्ध अरुणा उप्रेति बताउँछिन् । “शिशुजन्मेदेखि नै आमाको पोसिलो दुध बच्चालाइ खुवाउनुपर्छ।
स्तनपानका क्रममा गरिने सानातिना गल्तिले बच्चामा ठूलै संक्रमण हुनसक्छ।”
उनले भनिन् “स्तनपान गराउने आसन नमिल्दा तथा स्तनपान गराउन नजान्दा कहिलेकाहीँ दूध सर्किएर बच्चाको मृत्युसम्म पनि हुनसक्छ। ”


यस्ता छन् स्तनपान गराउँदा आमाले ध्यान दिनुपर्ने कुराहरु
- स्तनलाई सधै सुख्खा राख्नुपर्छ।
- स्तनपान गराउनु अघि स्तन सफा गर्नुपर्छ।
-स्तनपान गराउदा माथि उल्लेखित आसनमा बस्नु पर्दछ।
-बच्चाले दुध नचुसेमा आमाले निचोरेर खुवाउनुपर्छ नत्र  दुध गान्निएर पाक्न सक्छ
- दुध सेवनसंगै बच्चाले हावा पनि लिने हुँदा दुध सेवनपछि ढाडमा  हल्का ढक्ढकाएर डकार गराउनु पर्छ।
- दैनिक रुपमा बच्चालाई १० देखि १५ पटकसम्म आमाको दूध सेवन गराउनु पर्छ।
- विभिन्न संक्रमण हुनसक्ने हुँदा सकभर बोतलको दुध खुवाउनु हुँदैन।
- बिनाहिच्किचाहट समय भएपछि सार्वजनिक स्थानमा पनि स्तनपान गराउनु पर्छ।
- स्तनपान गराउने आमाले प्रशस्त मात्रामा पोसिलो तथा स्वस्थकर खानेकुरा खानुपर्छ।
- बच्चालाइ समयमै सबै खोप लगाउनु पर्छ।
- ६ महिनापछि बच्चालाई आमाको दूृधका साथै अन्य पोषणयुक्त खानेकुरा जरुरत पर्ने हुँदा खाना, जाउलो, लगायत पोषणयुक्त खानेकुराहरु खुवाउनु पर्छ।
प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता