इलाममा पनि रवि लामिछानेको समर्थनमा प्रदर्शन


इलाम, ३ भदौँः  न्युज २४ टेलिभिजनको ‘सीधाकुरा जनतासँग’ कार्यक्रम सञ्चालक रवि लामिछानेको समर्थनमा आजबाट इलाममा प्रदर्शन शरु भएको छ । शालिकराम पुडासौनीको आत्माहत्या  प्रकरणमा सञ्चारकर्मी लामिछाने र युवराज कँडेललाई प्रहरी हिरासतमा लिइएको विरोधमा इलाम सदरमुकाममा स्वस्फूर्त रुपमा युवाहरुले ¥याली निकालेका हुन् ।
स्वतन्त्र युवा समूह इलामको संयोजनमा ¥यालीमा सहभागी सर्वसाधरणले पत्रकार रवि लामिछानेलाई विभिन्न बहानामा फसाउने कार्य भएको भन्दै सम्बन्धित निकायको ध्यानार्कषण गरेका थिए । सहभागीहरुले पत्रकार लामिछाने दोषी नरहेको विश्वास व्यक्त गरे । उनीहरुले पत्रकार शालिकराम पुडासैनीको आत्महत्यालाई निश्पक्ष छानबिन गरिनु पर्ने समेत माग गरेका छन् । ¥यालीमा सहभागीले ‘राष्ट्रका सपुत रवि लामिछानेको साथमा हामी छौँ’ रबीलाई चाडो रिया गर लगायतका नारा लगएका थिए ।
 इलामको ठुलो टुडीखेलबाट शुरु भएको ¥याली चोक बजारमा आएर कोणसभामा परिणत भएको थियो । सहभागीले बुधवार दिनको १२ बजे पनि वृहत ¥याली तथा कोणसभा गरिने कार्यक्रम तय गरेका छन् ।
न्युज २४ टेलिभिजनबाट प्रशारण हुने चर्चित कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछाने उहाँका सहकर्मी युवराज कँडेलसहित ३ जनालाई चितवन प्रहरीले बिहीवार पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ गरेको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता