बैंकर्स क्लबबाट दिपेन्द्रलाई विदाई, नयाँ कार्य समितिमा गोविन्द चयन

इलाम, ३ भदौँः बैंकर्स क्लवको बिहीबार भइको अधिबेशनबाट अध्यक्ष दिपेन्द्र ठाकुरलाई बिदाई गरेर नयाँ कार्य समिति चयन गरेको छ । नेपाल एसवीआई बैंकका शाखा प्रवन्धकको रुपमा कार्यारत ठाकुर सरुवा भएर जाने भए पछि अधिवेशन गरेर नयाँ कार्य समिति बनाएको हो ।
नयाँ समिति सिद्धार्थ बैंकका शाखा प्रवन्धक गोविन्द घिमिरेको अध्यक्षतामा  गठन भएको छ । नवगठित समितिमा उपाध्यक्षमा कुमुद प्रसाद उपाध्याय सचिवमा टिकाराम पुरी, सहसचिवमा अम्विका ढकाल र कोषध्यक्षमा प्रेम वहादुर के.सी चयान भएका छन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता