अछामका देवीलाल भारतका १९ प्रान्त सहित नेपालका ६५ जिल्ला घुमेर इलाम आई पुगे


  • बिनय तिम्सीना

इलाम, ४ भदौँः अछाम जिल्ला चौरपाटी ५ का देवीलाल पाण्डे नेपाल तथा भारतका विभिन्न ठाउँको धार्मिक स्थलको भ्रमण गर्दै इलाम आईपुगेका छन् । २०७५ माघ २३ गते भारतको पञ्जावबाट यात्रा शुरुगरेका पाण्डेले भारतका विभिन्न १९ वटा राज्यमा रहेका धार्मिक स्थलहरुको भ्रमण गरेर भारतकै पश्चिम वंगालको दार्जिलिङ आईपुगेका थिए । २०७६ वैशाख १६ गते इलामको पशुपतिनगरबाट नेपालका धार्मिक स्थलहरुको भ्रमण शुरुगरेका पाण्डेले अहिले सम्म ६५ जिल्लाको भ्रमण गरिसकका छन् । 
अछाम जिल्ला घर भएका ६८ वर्षिय पाण्डेका ४ छोरा ३ छोरी र श्रीमती रहेका छन् । उनी आफ्नो धार्मिक भ्रमणमा हिड्दा सवै आफ्नै खर्चले हिडेको र कसैबाट सहयोग नभएको वताउँछन् । उनलाई विभिन्न ठाउँका स्थानीयले दानस्वरुप दिएको रकम वाहेक सरकारीतवरबाट कुनै पनि सहयोग नभएको वताउँछन् । विभिन्न ठाउँ हेर्ने र धार्मिक स्थलहरुको दर्शन गर्दै शान्तिको कामना गर्दै उनी भ्रमणमा निस्केका हुन । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता