रवि लामिछानेको समर्थनमा इलामको फिक्कलमा प्रदर्शन, दिवंगत पुडासैनीको आत्मशान्तिको कामना


  • मनोज अधिकारी  

फिक्कल, ५ भदौँ, न्युज २४ टेलिभिजनको ‘सीधाकुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि लामिछानेको समर्थनमा बुधबारबाट इलामको फिक्कलमा प्रदर्शन शुरु भएको छ । सञ्चारकर्मी लामिछाने , युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई प्रहरी हिरासतमा लिइएको विरोधमा  स्वस्फूर्त रुपमा युवाहरुले ¥याली निकालेका हुन् ।
 स्व पत्रकार पुढासैनीको आत्मशान्तिको कामना गर्दै दिप प्रज्वलन गरिएको थियो भने एक मिनटको मौन धारण समेत गरियो । ¥यालीमा सहभागी सर्वसाधरणले पत्रकार रवि लामिछानेलाई विभिन्न बहानामा फसाउने कार्य भएको भन्दै सम्बन्धित निकायको ध्यानार्कषण गरेका थिए । 
सहभागीहरुले पत्रकार लामिछाने दोषी नरहेको विश्वास व्यक्त गरे । उनीहरुले पत्रकार शालिकराम पुडासैनीको आत्महत्यालाई निश्पक्ष छानबिन गरिनु पर्ने समेत माग गरेका छन् । र्यालि फिक्कल चोक बजारबाट शुरु भई चोकमै आएर कोणसभाको रुपमा परिणत भएको थियो ।  ¥यालीमा सहभागीले हत्याराको खोजी गर , शालिग्रामलाई न्याय दे , सत्य तथ्य छानविन गर ,राष्ट्रका सपुत रवि लामिछानेको साथमा हामी छौँ’ रबीलाई चाडो रिया गर , लगायतका नारा लगाएका थिए ।  
कार्यक्रमलाई सम्बोधन गर्दै रेडियो बुद्धवाणी एफ एमका स्टेसन मेनेजर पत्रकार दिनेश महतले न्यायका लागी आयोजित र्यालि शान्तिपुर्ण भएको बताए । प्रदर्शन अनुसंधानलाई खलल पुर्याउने उद्धेश्यले नभई सत्य तथ्य छानविनको मागका लागी गरिएको बताए । देशभरका अधिकांशको समर्थन पाएका रवि निर्दोष रहेको कुरामा आफु विश्वस्त रहेको जनाउँदै उनले तत्काल दोषि पत्ता लगाउन सम्बन्धित निकायलाई आग्रह गरेकाछन । रबी लामिछाने रिहाई नभए भोलि पुन बृहत प्रदर्शन गरिने सहभागिले जनाएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता