इलामको रोङमा सर्लक्क मर्यो अकबरे खोर्सानी


  •  गोबिन्द पौडेल  

रोङः तरकारी खेतीलाई ब्याबसायीक बनाउन हौसिएका कृषकले रोपेको खोर्सानी मर्न थालेपछि त्यसको बिकल्प खोज्न बाध्य छन् रोङका किसान । तरकारी खेतीमा लोकप्रिय बनेको रोङ ६  पहिला देखी नै अकबरे खोर्सानीको खेती गरिदै आएको भएपनि  केही बर्ष यता रोगको कारण मर्ने थालेको छ । आम्दामीको गतिलो संभावना रहेको अकबरेको खेतीमा किसानले  मेहनत गर्न थालेका थिए । गत फागुनदेखी सोसियल इन्फ्याक्चर मेनेजमेन्टको प्राबिधिक सहयोग र  गाउपालिकाको सहयोगमा कृषक पाठशालानै संचालन  गरिएको  अकबरे खेतीमा उत्पादन शुरु हुने बेलामा बोटनै मरेपछि किसानहरु निरासा बनेका हुन्  । 
पाठशाला संञ्चालनको अबधिभर किसानको बगान पुगेर प्रशिक्षार्थी प्राबिधिकहरुले अनुगमन गर्ने गर्दा रोगको निराकरण भएको महसुस गरेको र पाठशालाको अबधि सकिएपछि किसानले पुरानै समस्या भोग्न थालेका छन् । रोङ ६ं बडा कार्यलयमा कृषि प्राबिधिक नभएका भने होइन तर  कृषि प्राबिधिक मोहन अधिकारी गाँउमा नजाने  कारण हुनु र नहुनुमा  कुनै फरक नभएको किसानहरुको गुनासो रहेको छ । यस बारेमा गाउपालिकाले भाद्र ९ गते आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा समेत जिज्ञासा उठेको र आगामी दिनमा कृषिका कर्मचारीहरुलाई कार्यालयको अन्य काममा नलगाई संम्बन्धित काममा लगाउने प्रतिबद्धता गाँउपालिकाको प्रमुख प्रशासकिय अधिकृत डिक प्रसाद दहालले गरे । 
कृषि क्षेत्रमा समृद्धि खोजिरहेको बेला किसानहरुले सामान्य सुबिधा पनि नपाउने पुरानै चलन दोहोरिरहदा  सुखी नेपाली र समृद नेपालको नारामा मात्र सिमित भएको र दरबार काठमाडौमा छोडेर गाँउगाँउमा  सिँह मात्र आएको स्थानियको भनाई छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता