भुटानलाई ६-० गोलको फराकिलो अन्तरले पराजित गर्दै नेपाल फाइनल नजिक

काठमाण्डौँ, १२ भदौँः नेपाल भारतमा जारी पाँचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिप फुटबलको फाइनल नजिक पुगेको छ ।
बिहिबार भएको अन्तिम खेलमा भुटानलाई ६-० गोलको फराकिलो अन्तरले पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको हो ।
नेपाललाई जित दिलाउन कप्तान प्रदिप लम्सालले दुई गोल गरे । यस्तै अशिम राई, सुगम जिम्मी, क्रिस सापकोटा र निराजन खत्रीले एक गोल गरे ।
कल्याणी रंगशालामा खेलको ५ औं मिनेटमा प्रदिपले पेनाल्टीमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ९ औं मिनेटमा निराजनले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए । 
दोस्रो हाफमा नेपालले थप ३ गोल गर्यो । खेलको ४८ औं मिनेटमा प्रदिपले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ३-० को अग्रता दिलाए ।
खेलको ७५ औं अशिमले गोल गर्दा नेपालको अग्रता ४-० को बन्यो ।  खेलको ८५ औं मिनेटमा क्रिसले गोल गर्दै नेपाललाई ५-० को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा सुगम जिम्मीले गोल गर्दै नेपाललाई ६-० जित दिलाए । 
जितसँगै नेपालले ४ खेलबाट ९ अंक जोडेको छ । भुटान जित विहिन बन्दै घर फर्किएको छ ।  
अब भारत र बंगलादेशबीचको खेलले फाइनल पुग्ने टोलीको तय हुनेछ । भारतको ९ अंक रहेको छ  ।  बंगलादेशको ६ अंक रहेको छ । 
खेलपाटीबाट साभार गरिएको
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता