इलाम देउमाई नगरपालिकाको वार्षिक निति तथा कार्यक्रम सार्वजनिक

इलाम, भदौ : इलाम देउमाई नगरपालिकाको आ.ब २०७६/०७७ को निति तथा कार्यक्रम सार्वजनिक गरएको छ । बुधबार कार्यालयमा आयोजित एक समारोहमा कार्यक्रम सार्वजनिक गरिएको हो । निति तथा कार्यक्रममा बिशेष गरेर स्वास्थ्य, शिक्षा र सडक निर्माणलाई प्राथमिकता दिइएको छ । देउमाई नगरपालिका भित्र रहेको प्राथमिक स्वास्थ्य केन्दको स्तर उन्नती, अस्पताल भित्रै फार्मेसी सञ्चालन, मृगौला पिडित बिरामीलाई मासिक निर्बाह भत्ता दिइने मेयर सूर्यप्रसाद पोख्रेलले वताउनुभयो । त्यस्तै भानुभक्त माविमा विज्ञान विषय सञ्चालन, इञ्जिनियरिङ विषयय अध्यन गर्ने विद्यार्थीलाई छात्रबृद्धि दिइने समेत उहाँले वताउनुभयो । 
यस नगरपालिकाले नयाँ खोलिएका सवै सडक १० मिटर, जन्म र मृत्यूमा नगद सहयोग, एकल पुरुषलाई पनि मासिक भत्ता लगायतका नयाँ कार्यक्रम सञ्चालन गर्दै आएको छ । 
१ नम्वर प्रदेश सांसद राम रानाले अन्य नगरका तुलनामा केही फरक कार्यक्रम सञ्चालन गर्दै आएको देउमाई नगरपालिकाले कृषि र पर्यटनलाई समेत उत्तिकै समेट्न जरुर रहेको वताउनुभयो । उहाँले हाल सरकारले कर वढाएको, काम नगरेको भन्ने गुनाशो वढेको भन्दै यस्तो नभएको वताउनुभयो । उहाँले सरकारले विकास गर्न कर उठाउनै पर्ने पनि वताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना लगायतले कार्यक्रममा बोल्नुहुँदै देउमाई नगरपालिकालाई अवसर र चुनौती बराबर रहेको वताउनु भएको थियो । 
स्थानिय तहले सोचेर मात्र निर्णय गर्नुपर्ने, विकास निर्माणमा पनि प्राथमिकताका आधारमा काम गर्नुपर्ने उहाँहरुको सुझाव छ । 
यस नगरपालिका, पर्यटक, कृषि लगायतमा सम्भावना बोकेको नगरका रुपमा परिचित छ ।
एवीसी नेपालीबाट साभार गरिएको 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता