इलाममा नेवारी समुदायको परम्परागत लाखेजात्रा शुरु

इलाम, २० साउनः इलाम सदरमुकामा सोमबारबाट लाखे जात्रा शुरु भएको छ । नेवार समुदायले परम्परागत रुपमा मनाउँदै आएको लाखेजात्रा नागपञ्चमीको दिन शुरु भएर कृष्ण अष्टमीको दिन सकिने गरेको छ । इलाम सदरमुकामको ऐतिहासीक स्थान माइस्थान मन्दीरबाट शुरुभएको लाखे जात्राले इलामबजार परिक्रमा गरेको थियो । नेवारी पोशाकमा सजिएका युवा युवती वाजागाजाका साथ इलाम बजार परिक्रमा गरेर माईसाथनमा नै गएर आजको जात्रा सकिएको छ । इलाम बजारमा नागपञ्चमीको दिन शुरुभएको गारिएको जात्रा कृष्ण अष्टमीको दिन समापन  हुनेछ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता