एनआईसी एशियाको बिस्तारित काउण्टर इलाम नगरपालिका परिसरमा

इलाम, २० साउन:  एनआईसी एशिया बैंकले आफ्नो बिस्तारित शाखा इलाम नगरपालिका परिसरमा खोलेको छ । सोमबार एक कार्यक्रम बिच उक्त शाखाको उदघाटन गरिएको हो । इलाम बजारमा रहेको शाखा र यो सहित इलाममा एनआईसी एशियाको २ शाखा इलाममा संचालन भएको छ । 
बैंकले जानकारी दिए अनुसार उक्त बिस्तारित शाखाबाट एटिएम सेवा र कर्जा प्रवाहदेखि बाहेकका सबै काम गर्नेछ । उक्त शाखा स्थापना भएपछि नगरपालिकामा सेवा लिने सेवाग्राहीहरु समेत लाभान्वित हुने जनाईएको छ । स्मरण रहोस यस बैंकको इलाम नगरपालिका वडा नं. ५ बिब्ल्याँटे बजारमा समेत एटिएम सेवा संचालनमा रहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता