बिर्तामोडमा सिनेमा डिकेट अवार्ड हुने

बिर्तामोड, २२ साउनः झापाको बिर्तामोडमा प्रदेश –१ स्तरीय ‘फष्ट प्रोभिन्स १ सिनेमा डिकेट अवार्ड २०७६’ हुने भएको छ । नेपाली चलचित्रको विकास र प्रवद्र्धनका लागि उक्त अवार्ड हुने भएको हो । 
पूर्वेली युवा क्लवले आयोजना गर्ने उक्त अवार्डमा चलचित्र क्षेत्रमा योगदान पु¥याउने ३ जना चलचित्रकर्मीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्डसहित सम्मान गरिने क्लवका पूर्व अध्यक्ष तथा अवार्डका संयोजक रमेश चौधरीले बताए । विभिन्न ४५ विद्यामा पपुलर अवार्डसमेत प्रदान गरिने उनले बताए ।
‘प्रदेश– १ मा जन्मिएर देशको चलचित्र क्षेत्रमा योगदान पुर्याउने चलचित्रकर्मीलाई सम्मान गरिने छ’ अवार्ड कार्यक्रमका कोअडिनेटर मनोज केसीले भने ‘चलचित्र क्षेत्रमा १० वर्ष योगदान दिएको व्यक्तिलाई मात्र अवार्ड दिइनेछ ।’ उनले प्रदेश –१ काजुनसकै भाषा, धर्म, संस्कृतिमा निर्माण भएका चलचित्र र कलाकारहरुलाई पनि समावेश गराइने बताए ।
बिर्तामोडमा हुने अवार्ड कार्यक्रमका लागि ५० लाख रुपैयाँ अनुमानित खर्च हुने आयोजकले जनाएको छ । अवार्ड सफल पार्नका लागि प्रायोजक, स्थानीयतह, स्थानीय संघ÷संस्था, समाजसेवीको सहयोग लिइने बताइएको छ । अवार्ड वितरण मंसीर महिनासम्ममा गर्ने उद्देश्य राखिएको केसीले बताएका छन् ।
कार्यक्रममा ‘रातेकाँइला’ उपनामले परिचित कलाकार सुनिल थापाले उक्त अवार्डले नेपाली चलचित्रलाई उच्च स्थान प्रदान गर्न सहयोग पु¥याउने बताए । पूर्वेली युवा क्लवका अध्यक्ष मनोज बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा अवार्डका प्रोडक्शन मेनेजर कुमार सिलवाल, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, बिर्तामोड खानेपानीका अध्यक्ष जलकुमार गुरुङ, नेपाल रेडक्रस सोसाइटी बिर्तामोडका अध्यक्ष सजेश शिवाकोटी, कलाकार भुपेन्द्र लिङ्देन ‘मन्त्री’, क्लवका उपाध्यक्ष दिपेन चौधरी, बक्सअफिसका प्रवन्ध निर्देशक यज्ञराज सेढाई, समाजसेवी कमल खरेललगायतले अवार्डलाई सहयोग गर्ने प्रतिबद्धता जनाए । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता