
शिविरमा डा. सत्यनारायण सिंहसहित ५ जनाको चिकित्सक टोलिले सेवा दिएका थिए । उनीहरुको अप्रेसन हातले गर्नुपरेमा पूरै ४ हजार ८ सय रुपैयाँ निःशुल्क र कम्प्युटरबाट गर्ने भएमा ४ हजार ८ सय छुट हुने आयोजक संस्थाकी अध्यक्ष शारदा उप्रेतीले जानकारी दिइन् ।

कार्यक्रमका सहभागीहरुले कार्यक्रम प्रभावकारी भएको प्रतिक्रिया दिएका थिए । कार्यक्रम नारी विकास संघको सभाहलमा भएको कार्यक्रम संस्थाकी सचिव गीता वस्नेतले सञ्चालन गरेकी थिईन।
उद्घाटन कार्यक्रमा सम्वोधन गर्दै प्रमुख अतिथि इलाम नगरपालिकाका नगर प्रमुख महेश वस्नेत यस्ता कार्यक्रमहरु गरेकोमा धन्यवाद दिंदै आगामी दिनमा शल्याक्रिया सहितका शिविरहरुमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।