राप्रपा (संयुक्त) इलाम जिल्ला शाखाको नेतृत्वमा श्रेष्ठ

इलाम, २४ भदौ ः राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्ववादी)को एकिकरण भए पश्चात एक भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) इलाम जिल्ला कार्य समिति पनि गठन भएको छ । मंगलबार इलाम सदरमुकाममा आयोजित एकिकरण कार्यक्रममा ३५ सदस्यीय जिल्ला समिति गठन भएको हो । नवगठित इलाम शाखाको अध्यक्षमा हरीकुमार श्रेष्ठ, सह अध्यक्षमा धर्मराज नेम्बाङ, चार जना उपाध्यक्षहरुमा क्रमशः दिलबहादुर गुरुङ, मनोज कार्की, कमल भट्टराई र पुण्यप्रभा भट्टराई चयन भएका छन् ।
त्यस्तै सचिवमा धनबहादुर थापा, कोषाध्यक्षमा स्यान्डु चाहार, सहसचिबमा सनद श्रेष्ठ र सदस्यहरुमा शैलेश भट्टराई, यामकुमारी राय, कर्ण लिम्बु, मीना खुलाल, राजु कार्की लगायत चयन भएको अध्यक्ष हरीकुमार श्रेष्ठले जानकारी दिएका छन् । पशुपति शमशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा राजावादी बिच एकिकरण भएर राप्रपा (संयुक्त) नयाँ पार्टी गठन भएको हो । स्मरण रहोस यस पार्टीको चुनाव चिन्ह गोलाकार घेरा भित्र हलो रहेको छ । यस पार्टीको प्रमुख एजेण्डा संवैधानिक राजतन्त्र र सनातन हिन्दु राज्य रहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता