राष्ट्रपति रनिङ शिल्डमा जुविलेन्टलाई आठ स्वर्ण

इलाम, १६ असोजः इलाममा सञ्चालीत ११ औँ राष्ट्रपति रनिङ शिल्ड २०७५ मा इलामको जुविलेण्ट इलाइट एकाडेमी इलाम नगरपालिका प्रथम भएको छ समग्रह जिल्लामा भने तेस्रो भएको छ । सूर्योदय नगरपालिकाको कन्याममा रहेको कृष्णश्रम मावि पहिलो भएको छ । जुविलेन्टले उसुमा टीम पहिलो हुँदै ५ वटा स्वण जितेको थियो भने तेक्न्दोमा पनि पहिलो हुँदै ३ स्वर्ण जितेको थियो । जिल्ला खेलकुद विकास समितिको आयोजनामा बिहीबार भएको पुरस्कार वितरण कार्यक्रमा प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख गणेश बरालले पदक सहित मेडल र प्रमाण पत्र वितरण गरेका थिए । राष्ट्रपति रनिङ शिल्डमा विभिन्न विद्यामा प्रतियोगीहरुलाई प्रतिस्प्रधा गराईएको थियो । 
कार्यक्रमा राष्ट्रिय प्रतियोगितामा स्वण, रजत र कास्य पदक विजेताहरुलाई सम्मान्न पत्र र नगद पुरस्कार पनि प्रदान गरिएको थियो । शान्ती निकेतनकी प्रिति वस्नेतले गोल्ड मेडल प्राप्त गरे वापत पाँच हजरा नगदसहित सम्मान पत्र दिएको थियो । जुविलेन्टका इक्सा लङवा र संगिता तामाङलाई कास्य पदक पाए वापत २/२ हजार नगद र सम्मान पत्र प्रदान गरेको थियो । जविलेन्ट इलाम नगरपालिकामा उत्कृट भएको जनकारी गराउँदै खेल्कुद, पढाई र अन्य सामाजिक क्रियाकलापमा पनि सधैव लागि रहेको खेलकुन शिक्षक भिम पौडेलले माइपोखरी न्युजलाई जानकारी गराए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता