इलामको जमुनामा कागे नकाउट फुटबल कार्तिक २ गतेबाट

जमुना, १५ असोजः सन्दकपुर गाउँपालिकाको जमुनामा  इलामेली फुटबलको ३ दशक लामो इतिहास बोकेको कागे नकाउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । आगामी कार्तिक २ गतेबाट ९ गतेसम्म सन्दकपुर गाउँपालिका–५ जमुनाको घुम्तीडाडाँमा प्रतियोगिता आयोजना हुन लागेको हो । विगत ३४ बर्षदेखी निरन्तर तिहार लक्षित गरेर प्रतियोगिता आयोजना हुँदै आएको छ ।
इलाम नगरपालिका बाहिरको प्रतिष्ठित मानिने यस प्रतियोगिताले नेपाल–भारतको सम्वन्ध समेत जोडेको छ । इलामको माईभ्याली गोल्डकप बाहेक यहि प्रतियोगितामा जहाँ दशर्कहरुको लागी बस्न बाँसको प्यारापिट निर्माण गरिदै आएको छ । यस संस्करणको प्रतियोगिताको बिजेता टिमले १ लाख २ सय २२ रुपैया र उपविजेताले ५० हजार रुपैया प्राप्त गर्नेछ ।
त्यसैगरी सर्वोत्कृष्ट खेलाडी , सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर ,उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट स्ट्राइकरलाई समेत विधागत पुरस्कार दिइने आयोजक समितिका उमेश गुरुङले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता