नेपाल लाईफद्वारा सञ्जयको परिवारलाई तेह्रलाख रुपयाँ प्रदान

इलाम, २७ पुसः सन्दकपुर गाउँपालिका  वाड नं ५ इलामका बिमित सन्जय फेदापे लिम्बुको परिवारलाई नेपाल लाइफ इन्स्योरेन्सको इलाम शाखाद्वारा मृत्युदावी वापतको रकम  रू १३,००,०००।– (तेह्र लाख) हस्तान्तरण गरेको छ । वैदेशिक रोजगारको क्रममा कोरिया जानु अघि नेपाल लाइफमा म्यदी बिमा गराई बिदेशिएका फेदापेको गत असोज २० गते निधन भएको थियो । 
कम्पनीको तर्फबाट इलाम शाखाका प्रमुख बालकृष्ण दवाडी, कर्मचारी राजु अधिकारी, वरिष्ठ एजेन्सी मेनेजर भक्ति प्रसाद भट्टराई, एजेन्सी मेनेजरहरू चिरञ्जीवी नेपाल , भुवन पौडेल र भुमी प्रसाद बरालहरुले परिवारलाई भेटेर सन्दकपुर ५ को  कार्यलयमा एक कार्यक्रमका बिच उक्त रकम हस्तान्तरण गरिएको हो । 
शाखा प्रमूख दवाडीले यस किसिमको घर दैलोमा गइ दावी दिनाले सबैको बिमा प्रतिको विश्वास र आकर्षण  बढिरहेको कुरा प्रष्ट पारेका थिए भने वरिष्ठ एजेन्सी मेनेजर भट्टराईले नेपाल लाइफको बिमा योजनाहरूको बारेमा र नेपाल लाइफले दिईरहेको सरल तरिकाको बिमा सेवाबारे प्रकाश पारेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता