जन्म दिनको अवसरमा अनन्तले गरे वाल गृहलाई सहयोग

इलाम, २७ फागुनः इलामको माइजोगमाई १ शिरेसे घर भई सनराईज बैंक इलाम शाखामा कार्यरत अनन्त नेपालले आफ्नो जन्म दिनको अवसर तथा वुवाको सम्झनामा इलाम नगरपालिका ९मा रहेको राहसल बाल गृहलाई पाँचहजार एक सय पाँच रुपयाँ सहयोग गरेका छन् । उनले आज परेको आफ्नो जन्म दिनको अवसरमा राहसलको भवन निर्माणथ खोलीएको खातामा सहयोग गरेका हुन । 
राहसलको भवन निर्माण कार्य सम्पन्न भई सकेको भए पनि विभिन्न ठाउँबाट चलाएको वाँकी तिर्नको लागि अझै पनि पाँच लाख भन्दा वढी रकम अभाव रहेको अभियान समितिका अध्यक्ष चन्द्र राई वताउँछन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता