ओछ्यानबाटै तानेर चितुवाले लियाे बालिकाको ज्यान

बैतडी, २७ फगुन । बैतडीको तल्लो सोराड क्षेत्रमा चितुवाको आक्रमणबाट फेरि एक बालिकाको ज्यान गएको छ ।
मेलौली नगरपालिका वडा नं ९ असुर बस्ने रामबहादुर लुहारकी ८ वर्षीया अपाङ्ग छोरी सीता लुहारको चितुवाको आक्रमणबाट ज्यान गएको हो ।
आज बिहानै करिब ४ बजेतिर ओछ्यानमा सुतेकै अवस्थामा चितुवाले तानेर लगेको र घर नजिकै ५०० मिटर पर बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी डिल्लीनारायाण पण्डेयले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।
गत साता मात्रै एक बालकलाई चितुवाले घाइते बनाएको थियो । तल्लो सोराड क्षेत्रमा २०६४ सालदेखि हालसम्म चितुवाको आक्रमणबाट २५ जानाको ज्यान गइसकेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता