माईभ्याली गोल्डकप : आयोजक टोलीलाई निराश पार्दै मच्छिन्द्रले उपाधि उचाल्यो

इलाम, २४ फागुन । इलामको ठूलो टुँडिखेलमा जारी छैटौ संस्करणको माईभ्याली गोल्डकपको उपाधि मच्छिन्द्र क्लब काठमाडाैंले हात पारेको छ ।
शनिबार भएको फाइनल खेलमा आयोजक माइभ्याली फुटबल क्लबलाई एक शून्यले हराउँदै मच्छिन्द्र क्लब काठमाडौंले उपाधि हात परेको हो ।
निक्कै नै प्रतिष्पधात्मक फाइनल खेलको दोस्रो हाफको इन्जुरी समयमा मच्छिन्द्रका निए एन्डेसले गोल गर्दै लिग विजेता टोलीलाई उपाधि दिलाएका थिए । खेलमा दुवै टीमले धेरै राम्रा अवसरहरु सदुपयोग गर्न सकेका थिएनन् । दोस्रो हाफमा वर्षका कारण हिलाम्मे मैदानमा भएको खेल हेर्नको लागि झरीमा रुझदै दर्शकहरु वसेका थिए ।
विजेता टीम मच्छिन्द्रले उपाधि सहित नगद पुरस्कार आठलाख ट्रफी र मेडल पाएको छ । उपविजेता टीम माईभ्यालीले नगद पुरस्कार छ लाख सहित ट्रफी र मेडल पाएको छ ।
फाइनल खेलको मेन अफ दी म्याच एक मात्र गोल गर्ने खेलाडी निए एन्डेस घोषित भए । उनले नगद पन्द्र हजार र ट्रफी प्राप्त गरे ।
माइभ्याली गोल्ड कप प्रतियोगितामा वेष्ट डिफेन्स माइभ्याली फुटबल क्लवका छिरिङ गुरुङ घोषित भए । वेष्ट गोलरक्षक माइभ्यालीकै देव लिम्बू घोषित भए । वेष्ट मिडफिडर मच्छिन्द्रका योगेश गुरुङ, वेष्ट स्टाइकर मच्छिन्द्रका निए एन्डेस घोषित भए ।
उनीहरुले नगद पुरस्कार पच्चीस हजार र ट्रफी पाए । प्रतियोगिताको उत्कृष्ट खेलाडी माइभ्यालीका शरण वस्नेत भए उनले नगद एकलाख पन्द्रहजार प्राप्त गरे । वेस्टकोच मच्छिन्द्रका प्रवेश कटुवाल घोषित भए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता