नेपाल विद्यार्थी संघद्वारा इलाम बजारका विभिन्न ठाउँमा कोराेना भाइरस सम्वन्धी सचेतना मुलक व्यानर

इलाम, २४ फागुनः नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति इलामले कोरोना भाईरसबाट बच्न विभिन्न सन्देश मुलक व्यानर इलाम वजारका  विभिन्न ठाउँमा राखेको छ । नियमित रुपमा साबुन पानीले हात धोऔं र सकिन्छ भने अनावश्यक भिडमा नजाऔं खोक्दा वा हाछ्युँ गर्दा आफ्नो नाक र मुख ढाकौं लगायतका सन्देशमूलक सूचना मुलक व्यानर राखेको हो । 
नेविसंघले इलाम जिल्ला प्रशासन कार्यालय इलाम, जिल्ला प्रहरी कार्यालय, ईलाम चोक बजार, इलाम बस पार्, महेन्द्र रत्न वहुमुखी क्याम्पस,  ठूलो टुडिखेल, मोर्डन क्याम्पस, इलामको जीरो किलोमिटर, आदर्श मावी,  र धोबिधारा लगायतका ठाउँमा राखेको छ ।  
साथै ईलाममा २०७६ फाल्गुन २४ शनिबारको लोकसेवा आयोगको परीक्षा दिन आउने परिक्षार्थीहरुकोलागि सहयोग होस् भन्ने हेतुले ईलाम चोक बजार ईलाम र बस पार्क इलाममा अप्ठ्यारो परेमा सम्पर्क नम्बर सहितको  व्यानर समेत राखेको नेपाल विद्यार्थी संघका कार्यबाहक अध्यक्ष प्रकास भट्टराईलो जनकारी गराए । 




प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता