बाजुरामा श्रीमानद्वारा श्रीमतीलाई भरुवा बन्दुकले हानेर हत्या


बाजुरा, २७ चैत्र । बाजुरा जिल्लाको गौमूल गाउपालिका वडा नम्बर ४ मा एक महिलालाई गोली हानेर हत्या गरिएको छ । हिजो राति ३३ वर्षीया सुन्तु रोकायालाई भरुवा बन्दुकले गोली हानेर हत्या गरिएको प्रहरीले जनाएको छ ।
सुन्तुका ४० वर्षीय श्रीमान् गोरख रोकायाले गोली हानी हत्या गरेको बुझिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिएका छन् ।
भैसी गोठमा भरुवा बन्दुकले गोली हानेर हत्या गरिएको अबस्थामा फेला परेपछि आज बिहान मात्र माईती पक्षले प्रहरीलाई जानकारी आएको ठगुन्नाथले बताए ।
जानकारी पश्चात गौमुल गाउपालिकाको केन्द्र घटमुना प्रहरी चौकीबाट प्रहरी टोली गएको र मृत्तकका श्रीमान गोरख रोकाया र एक थान बरुवा बन्दुक सहित नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । मृतक सुन्तको टाउको बिच भागमा गोली लागेको प्रहरीले जनाएको छ ।
गौमुलको टोलीले घटना स्थल पुगेर अनुसन्धा थालिसकेको र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक लोकेन्द्र ठगुन्नको कमाण्डमा टोली घटना स्थल तिर गैरहेको छ ।
घटना के कति कारणले भएको हो भन्नेबारे खुलन सकेको छैन् । अहिले प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता