नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसँगै नेपालमा कोरोना भाइरसको संक्रमण देखिएका बिरामीको संख्या ९ पुगेको छ।
संक्रमण देखिएका एक जना भने उपचारपछि निको भइसकेका छन्। स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप तीन जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन्।
डा विकास देवकोटाले मुम्बाईबाट फर्केका कैलालीका २१ वर्षे पुरुष, उत्तराखण्डबाट फर्किएका कन्चनपुरका ४१ वर्षे अर्का पुरुष र कैलालीकै अर्की ३४ वर्षे महिनामा कोरोना पोजेटिभ देखिएको बताए।
३४ वर्षे महिला यसअघि कैलालीमा भेटिएका संक्रमितका आफन्त भएको समेत मन्त्रालयले जनाएको छ। यसअघि ६ जनामा संक्रमण भेटिएकोमा सबै विदेशबाट आएका मानिस थिए।