इलामको क्वारेन्टाईनबाट भाग्ने सरोजलाई पक्रउ गरि पुनः क्वारेन्टाईनमा

इलाम, २५ चैत्रः सिङ्फिरिङ अस्पताल क्वारेन्टाईनबाट भागेको बर्ष २२ कोसरोज अधिकारीकारीलाई  इनपा ९ सिंहबानी मन्दीरमा फेलापारी पुन सिङ्फिरिङ अस्पताल क्वारेन्टाईनमा लगिएको छ । कोरोना भाइरसको प्रकोप रोकथाम तथा नियन्त्रणका लागि इलाम नगरपालिका ६ सिंगफ्रिङ्ग स्थित डा. मेघबहादुर पराजुली सामुदायिक अस्पतालमा स्थापना गरिएको क्वारेन्टाइन वार्डमा इलाम अस्पतालको रेफर अनुसार मिति २०७६ चैत्र २३ गतेदेखि राखिएका सरोज अधिकारी चैत्र २४ गते राती झ्यालबाट भागेका थिए । उनी  इलाम जिल्लाको सन्दकपुर गाउँपालिका  ३ सुलुबङ्ग हुन ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता