नेपालका ५२ औं संक्रमित झापाका पुरुष पनि जमातीबाट फर्किएको खुलासा


काठमाडौं, १४ बैशाख । विराटनगरमा पुनः अर्को एक जना कोरोना भाइरस संक्रमित फेला परेका छन् ।
कोशी अञ्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा कोरोना भाइरस पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित व्यक्ति पुरुष झापाका ५० बर्षीय रहेको पनि खुलाइएको छ । नेपालका ५२ औं संक्रमित पनि भारतको नयाँ दिल्लीको जमातीबाट फर्केको खुलासा भएको छ ।  झापाको बारादशी वडा नम्बर ४ निवासी ५० बर्षीय मुसलमान समुदायका अगुवा व्यक्ति भएको बताइएको छ ।
नेपालमा लकडाउन हुनु केही दिन अघि झापा फकिएका यिनी अहिले झापाको बारादशी नजिकको अस्पतालको सम्पर्कमा पुगेको बताइएको छ ।
योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । यसअघि आज मात्रै २ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो ।
यस अघि झापा दमकका ६२ बर्षीय पुरुषमा संक्रमणको पुष्टि भएको थियो । अहिले उनको झापाको दमक अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता