महाकालीका बादीलाई कोरोना भन्दा भोकमरीको चिन्ता, लागत संकलन सुरु नहुँदै महाकालीमा पानी बढ्न थाल्यो


कञ्चनपुर, ६ बैशाख । कोरना रोकथामका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेपछि यसको असर कञ्चनपुरका बादी समुदायमा पनि परेको छ ।
गाउँमा मादल बजाएर मागी खाने र दैनिक ज्याला मजदूरी गरेर गुजारा गर्दै आइरहेका बादी बस्तीका बासिन्दाहरुलाई कोरोना भन्दा पनि भोकमरीले सताइरहेको छ ।
कञ्चनपुरको महाकाली नगरापालिकाको वडा नम्वर ६ मा दैनिक मागी खाने र ज्याला मजदूरी गरेर जीवीकोपार्जन गरिरहेका करिब ४ परिवारका बादी समुदायमा लकडाउनको प्रत्यक्ष प्रभाव परेको देखिन्छ ।
दैनिक छाक टार्न गाउँमा गएर मादल बजाएर मागी खाने र मजदूरी गरी जीवीकोपार्जन गर्दै आइरहेको र अहिले लकडाउन भएपछि आफू कतै काम गर्न जान नपाएको कारण खाना खान समेत नपाएका बादी परिवारका सदस्यको गुनासो छ ।
महाकाली नगरपालिकाको भौगोलिक अवस्था हेर्दा नगरपालिका प्रवेश गर्दा बिचमा महाकाली नदी पर्ने र महाकालीमा पानीको सतह हेरेर मात्र समान ओसार पसार गर्न सकिने भएकाले राहत दिनमा ढिलाई भएको महाकाली नगरपालिकाका प्रवक्ता एवं वडा नं ६ का वडा अध्यक्ष दिलबहादुर सिंजाली बताउनु हुन्छ ।
सरकारले आर्थिक अवस्था कमजोर भएका र दैनिक ज्याला मजदूरी गरेर खाने परिवारको तथ्यांक संकलन गरेर राहत बाढ्ने भएता पनि समयमै उनीहरुलाई राहतकोे ब्यवस्था गर्न नसके यसले ठूलो समस्या ल्याउने देखिन्छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता