इलामे कृषकलाई आफ्नो नियमित कृषिकर्ममा लाग्न महासंघको अपिल

इलाम, ५ वैशाखः  कोरोना (कोभिड १९) भाइरसको कारण उत्पन्न संकटको अवस्थामा आउन सक्ने खाद्य संकटलाई धयानमा राखेर सम्पुर्ण जमिनलाई उपयोग गर्न राष्ट्रिय कृषक समूह महनासंघ इलामले कृषकहरुलाई आव्हान गरेको छ । महासंघका इलाम अध्यष विष्णु दुलालले अपिल प्रकाशन गर्दै खाद्य संकटबाट देशलाई बचाउन जमिन खाली नराखी शुरक्षित तरिकाले कृषि कर्ममा लाग्न कृषकलाई अपिल गरेका हुने ।
महासंघले सिमान्त समुदाय, मजदुर र श्रमिकको लागि तत्काल आवश्यक खाद्यान्नको आर्पुतीमा लाग्न सबै सरोकारवालालाई अपिल गरेको छ । महासंघले भनेको छ ‘राहतले मात्रै वर्तमन असहजता टार्न नेपाल जस्तो अल्पविकसीत मुलुकमा सम्भव नहुन सक्दछ तसर्थ तत्काल सहकारी र कृषक समूहलाई परिचालन गरी टोलटोलमा सुलभ खाद्यान्न पसल सञ्चालन गर्न स्थानीय सरकारलाई अपिल गर्दछौ ।’ महासंघले त्यस्ता कदममा सरकारलाई सघाउन तयार रहेको समेत जनाएको छ । महासंघसंग इलाममा एक सयवटा कृषक समूह र कृषि सहकारी रहेको दुलालले जानकारी दिए ।
महासंघले जारी गरेको सातबुंदे अपिलमा भनिएको छ ‘विषम परिस्थितिबाट श्रृजनाहुन सक्ने खाद्य संकट र भोकमरीको परिदृश्यसंग जुध्नएवं कृषिर खाद्य प्रणालीलाई जोगाउन सबैले किसानवर्गलाई खाद्यान्न उत्पादनका लागि आफुसंग रहेको सबै जमिनलाई उपयोग गर्न अपिल गर्दछौ ।’ महासंघले कृषकलाई सहज रुपमा विउ र मलको प्रवन्ध गर्न सरकारलाई अनुरोध समेत गरेको छ ।
महासंघले महामारीको समयमा किसान विशेष प्याकेज घोषणा गर्न महासंघले आव्हान गरिसककेको स्मरण गराउँदै इलाम जिल्लाका स्थानीय सरकालाई पनि आवश्यक योजना अघि सार्न अपिल गरेको छ । महासंघले इलाम जिल्लामा रहेको दुग्ध, चिया, अदुवा, तरकारी लगायतको विक्रीका देखिएको समस्या समाधान गरी सहज रुपमा बजार पु¥याउने प्रवन्ध गर्न हामी स्थानीय प्रशासन र स्थानीय सरकारलाई अपिल गरेको छ ।
महासंघले मुलुकभरका कृषकहरुको लामो धैर्यताका लागि धन्यवाद ज्ञापन गर्दै विश्व परिस्थितीलाई हेर्दा यो धैर्यता अझै केही समय आवश्यक देखिएको भन्दै सरकारका निर्देशन पालन गर्न समेत अपिल गरेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता