लकडाउनलाई प्रभावकारी बनाउन माङसेबुङ गाउँपालिका र मिक्लाजुङ गाउँपालिका वीच समन्वय बैठक

इलाम, ५ वैशाखः कोरोना भाईरस संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि संघीय सरकारले घोषणा गरेको लकडाउन कार्यक्रमलाई अझ प्रभावकारी बनाउनको लागि माङसेबुङ गाउँपालिका वडा नं. ०६ र मिक्लाजुङ गाउँपालिका वडा नं. ०५ मा अवस्थित चिसोपानी पंचमी बजारमा माङसेबुङ गाउँपालिका र मिक्लाजुङ गाउँपालिका (पाँचथर) वीच समन्वय बैठक सम्पन्न भएको छ ।
 उक्त समन्वय बैठक माङसेबुङ गाउँपालिकाको अध्यक्षको संयोजकत्वमा भएको बैठकमा मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष उर्मिला राई, मिक्लाजुङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत अरुण राई, त्यस्तै गरेर माङसेबुङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदी, प्रशासन अधिकृत उपेन्द्र पौडेल, लेखा अधिकृत मन्जु भट्टराई, इन्जिनियर अर्जुन घिमिरे लगायत अन्य कर्मचारीहरु, माङसेबुङ गापा वडा नं. ०६ को वडाध्यक्ष प्रदिप साङपाङ, पाँचथर इलाका प्रशासन कार्यालय रविको प्रमुख, इलाका प्रहरी कार्यालय रविका  इन्स्पेक्टर विजय कार्की, सशस्त्र प्रहरी बल चिसोपानी पंचमीको इन्स्पेक्टर काले बम्जम, साकफारा प्रहरी चौकी इन्चार्ज, इभाङ प्रहरी चौकी इन्चार्ज देवराज ढकाल लगायत अन्य राजनीति दलका प्रमुख तथा प्रतिनिधि, स्वस्थ्यकर्मी र संचारकर्मी बालकृष्ण बस्नेत लगायतको उपस्थिति रहेको माङसेबुङ गाउँपालिकाका अभ्यक्ष डिकेन्द्र थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता