उदयपुरको भन्ने थाहा पाउने वित्तिकै विराटनगरको नोबेल मेडिकल कलेजले प्रसुतिकी विरामी निकाल्यो


विराटनगर, १८ वैशाख । विराटनगरस्थित नोबेल मेडिकल कलेजले उदयपुर घर भएकै कारण शल्यक्रिया कक्षबाट एक विरामीलाई निकालेको छ ।
प्रसुति व्यथा लागेर मंगलवार भर्ना भएकी उदयपुरको त्रियुगा ११ की सरस्वती रौनियारलाई अप्रेशन थिएटरबाट निकालेर कोशी अस्पताल रेफर गरेको छ ।
उनको वुधवार विहान शल्यक्रिया गर्ने समयमा उनको ठेगाना उदयपुर भन्ने थाहापाए पछि चिकित्सकले शल्यक्रिया कक्षबाटै बाहिर निकालेर रेफर गरेको सरस्वतीका श्रीमान प्रकाश गुप्ताले जानकारी दिनुभयो ।
कोशी अस्पतालमा सुत्केरी, शिशु आमा दुबै स्वस्थ्य
यसरी रेफर गरेर आएकी उनको कोशी अस्पतालमा सफल शल्यक्रिया भएको छ भने शिशु र आमा दुवै स्वस्थ्य रहेको अस्पतालले जानकारी दिएको छ ।
यता नोबेल अस्पतालले भने विरामीलाई ज्वरो आएका कारण रेफर गरेको बताएको छ भने कोशी अस्पतालले भने उनलाई ज्वरो नआएको दावी गरेको छ ।
विरामीले खोक्दा पनि निकाल्छ नोबेल मेडिकल कलेजले
नोवेल अस्पतालले विरामीको घर उदयपुर भएकै कारण रेफर गरेको थियो । यस अघि पनि नोवेल अस्पतालले मोरङको पथरी घर भएकी एक बुद्धाले अपरेशनको तयारीको बेला खोकेपछि बीपी कोइराला विज्ञान प्रतिष्ठान धरान रेफर गरेको थियो ।
विराटनगरका अधिकांश निजी अस्पतालहरुले उदयपुरबाट आएका विरामीहरुलाई उपचारै नगरी फर्काउने गरेको पाइन्छ ।
उदयपुरको भन्ने वित्तिकै गेटबाट पस्न दिदैनन निजी अस्पतालहरु
विराटनगरस्थित विराट नर्सिङ होमले पनि केही दिन पहिले उदयपुर घर भएका विरामीलाई गेटबाटै फर्काएको थियो ।
सरकारले कोरोनाको बहानामा विरामीको उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भनिरहदा विराटनगरका अधिकांश निजी अस्पतालहरुले भने यसरी विरामी फर्काउने गरेको पाइन्छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता