काेराेनाकाे आशंका गरिएका पुरूषकाे भरतपुर अस्पतालको आइसाेलेसनमा मृत्यु

चितवन, १२ जेठ । भरतपुर अस्पतालको आइसाेलेसन कक्षमा शंकास्पद एक पुरुषकाे ज्यान गएकाे छ ।
रामग्राम- ७, नवलपरासीका ४८ वर्षीय पुरुषको आज बिहान ३ बजे मृत्यु भएकाे अस्पताल श्राेतले जानकारी दिएकाे छ । श्राेतका अनुसार उक्त पुरुषलाई लुम्बिनी अस्पतालले भरतपुर रेफर गरेकाे बुझिन्छ ।
राती साढे १२ बजे अस्पताल आएका पुरुषलाई आइसाेलेसन कक्षमा राखेर उपचार गराइएकाे थियाे । निमाेनियाबाट ग्रसित पुरुषमा काेराेनाकाे आशंका गरिएकाे छ ।
२ दिन पहिले खाना खाएपछि बान्ता भएकाे र लगत्तै सास फेर्न गार्हाे भएपछि बिरामी लुम्बिनी अस्पताल पुगेका थिए ।
उनकाे लुम्बिनीमा स्वाब परिक्षण हुँदै छ । यता भरतपुर अस्पतालले पनि मृतक पुरूषकाे स्वाब परिक्षणका लागि पठाउने तयारी गरेकाे छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता