आज थप ७२ जनामा काेराेना सङ्क्रमण पुष्टि, नेपालमा संक्रमितकाे संख्या ६७५ पुग्याे


काठमाडाैं, १२ जेठ । नेपालमा थप ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ६७५ पुगेकाे छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, विपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठा दाङ, किटजन्य राेग अनुसान्धन तथा तालिम केन्द्र हेटाैँडा, भेरी अस्पताल नेपालगन्ज र प्रदेशिक अस्पताल सुर्खेतमा गरिकाे परीक्षणमा थप ७२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।
नयाँ संक्रमितहरु धनुषा, कपिलवस्तु, काठमाडौँ, बारा, रौतहट, सप्तरी, बर्दिया, बाँके र दैलेखका रहेका छन् । स्वास्थ्य मन्त्रलयाका अनुसार कपिलवस्तु शिवराज नगरपालिकामा १९, २० र २३ वर्षीय पुरूषहरू छन् । यता काठमाडौंको टोखा नगरपालिका वडा नं ३ र ६ तथा बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ३ मा २७, ४१ र ३७ वर्षीय पुरूषहरू संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ ।
यसैगरी बाराको गढीमाई नगरपालिकामा २१ जना र कलैया नगरपालिका कोटवाली-१ मा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कलैयामा २५ र ३५ वर्षीय पुरूषहरू रहेका छन् । त्यस्तै गढीमाई १८, १८, १८, १९, २०, २०, २०, २४, २४, २५, २५, २५, २५, २६, ३०, ३१, ३६, ३६, ४० र ५० वर्षीय पुरूषहरूमा काेराेना संक्रमण भएकाे छ ।
राैतहटमा मात्रै थप २६ जनामा काेराेना संक्रमण भएकाे स्वास्थ्य मन्त्रलयले जनाएकाे छ । मन्त्रलयका अनुसार राैतहट राजपुर फरहदवाका र इशानथमा १८, १९, २२, २७, ३०, ३१, ३३, ३५, ३५, ३५, ३६, ३६, २६, २८, ४०,४०, ४०, ४२, ४३, ४८, ४८, ४८, ४९, ५०, ५१ र ५३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।
सप्तरीको डाक्नेश्वरी गाउँपालिकामा २ जना २२ र ३४ वर्षीय पुरूष र धनुषाको नगराइन नगरपालिका-३ मा तीन जनामा संक्रमण पुष्टि भएको छ ।
उता, सप्तरीका २२ र ३४ वर्षीय पुरूष, बर्दियाकाे बाँसगाढी- ९ का २५ वर्षीय, बाँके दुवधा गाउँपालिका- २ का र साेनारी गाउँपालिका- ७ का १६, २३, २३ र २४ वर्षीय पुरूषहरूमा पनि काेराेना पुष्टि भएकाे छ ।
दैलेखकाे नारायण नगरपालिका र ढुंगेधारा गाउँपालिकाका १५, १८, २७, २९ वर्षीय पुरूषहरूमा र २५ वर्षीया महिलामा काेराेना पुष्टि भएकाे छ । त्यस्तै दैलेखकाे गुराँस गाउँपालिकाका २४, २५ वर्षीय पुरूषहरूमा काेराेन पुष्टि भएकाे स्वास्थ्य मन्त्रलयले जनाएकाे छ ।
This image has an empty alt attribute; its file name is 99156899_902336360254884_8258451661794574336_n-523x768.jpg
नेपालमा अहिलेसम्म कुल संक्रमितमध्ये ३ जनाको मृत्यु भइसकेकाे छ भने १०५ जना निको भएर घर फर्किएका छन् । कोरोना संक्रमणबाट सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिला, बाँकेका २५ वर्षीय युवक र गुल्मीका ४१ वर्षीय पुरुषकाे मृत्यु भएकाे हाे ।
हिजाे आइतबार पनि १९ नयाँ संक्रमित भेटिएका थिए । त्यस्तै शनिबार ६८, शुक्रबार ५९, बिहीबार २९, बुधबार २५, मंगलबार ८३, साेमबार ८० र आइतबार १४ जनामा कोरोना पुष्टि भएकाे थियाे । हालसम्म नेपालका ७७ जिल्लामध्ये ३८ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ ।
अहिले देशभरका क्वारेन्टाइनमा ३९ हजार ८ सय ४ जना छन् भने ५ सय १३ जना आइसाेलेसनमा छन् । त्यस्तै हालसम्म ४८ हजार २ सय १२ जनाको पीसीआर परीक्षण गरिएको छ भने ९० हजार २६ जनाको आरडीटी परीक्षण भएको छ । चैत ११ गते देखि देश नै ‘लकडाउन’मा छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता