६ जना थपिएपछि संक्रमितको संख्या ६ सय ८२ पुग्यो, कोभिड १९ बाट चौथो व्यक्तिको मृत्यु


काठमाडौं, १२ जेठ । सोमबार दिउँसो पुनः ६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यस अघि सोमबार विहान मात्र ७२ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै नेपालमा सोमबार दिउँसोसम्ममा संक्रमितको संख्या कुल ६ सय ८१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले थपिएका संक्रमित सबै पुरुषहरु रहेको जानकारी दिनुभयो ।
कोभिड १९ बाट चौथो व्यक्तिको पनि निधन भएको पनि मन्त्रालयले पुष्टि गरेको छ । मृत्यु हुनेको संख्या पनि जोडिएपछि संक्रमितको संख्या ६ सय ८२ पुगेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता