उनीहरुको बिराटनगर स्थित कोशी अस्पतालको ल्याबमा स्वाब परीक्षण गरिएको थियो । यो संगै प्रदेश नं १ मा संक्रमितको संख्या १ सय ६५ पुगेको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार बिराटनगर कोभिड अस्पतालमा ३६ जनाको उपचार भइरहेको छ भने धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९४ जनाको उपचार भइरहेको छ ।
त्यसै गरी बिराटनगर स्थित कोभिड अस्पतालबाट ३० जना निको भएर गएका छन् । दिनहुँ कोरोना संक्रमित बड्न थालेपछि प्रदेश सरकारले थप कोरोना उपचार अस्पतालको बिस्तार गर्न थालेको जानकारी दिएको छ ।