बाजुरा अपडेट : मृत्यु भएकी बालिकामा काेराेना पाेजेटिभ, आमाकाे रिपाेर्ट पनि पोजेटिभ


  • निमेन्द्र शाही
बाजुरा, १८ जेठ । बाजुरा जिल्ला अस्पतालकाे आइसोलेसनमा ज्यान गुमाएकी बालिकाकाे कोरोना संक्रमणबाटै मृत्यु भएको बताइएकाे छ ।
बुढिगंगा- १ घर भएकी २ वर्षीय बालिकाको आईतबार बिहान २ बजेतिर मृत्यु भएको थियो । उनको स्वाब धनगढीस्थित सेती प्रादेशिक प्रयोगशालमा पठाएको थियो । आईतबार दिउँसो आएको रिपोर्टमा ती बालिकामा कोरोना संक्रमण देखिएकाे सुदुरपश्चिम स्वास्थ्य निर्देशानलयले जनाएको छ ।
प्रतिनिधि स्केच
मृतक बालिकाकी २३ वर्षीय आमालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित आमालाइ पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ । तर मृतक बालिकाका बुवाको रिपोर्ट भने नेगेटिभ आएको छ ।
मृतक वालिका, आमा र बुवालाई जेठ १५ गते आइसोलेसनमा राखिएको थियो । तीनै जनाको साेही दिन स्वाब धनगढी पठाइएको थियो ।
बुढिगंगा नगरपालिका १ धुरालसैनमा माविको आइसोलेसनमा अवस्था जटिल भएपछि उनीहरूलाइ सदरमुकाम मार्तडीमा रहेकाे आइसोलेसनमा रहेको जेठ १५ गते साँझ राखिएको थियो । २ वर्षकी उक्त बालिकामा झाडापखाला, ज्वरो, श्वासप्रश्वास (कडा निमाेनिया)काे समस्या रहेकाे जिल्ला अस्पताल, बाजुराले जनाएकाे छ ।
८ दिन अगाडि उनको परिवार भारतबाट आएकाे थियाे । भारतबाट आएर सुरूमा बुढिगंगा नगरपालिकाको क्वारेनटाइनमा राखिएको थियो । बच्चा बिरामी भएपछि बिहिवार साँझ सदरमुकाम मार्तडीको आइसोलेसनमा ल्याइएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता